विश्वकप छनोटमा भारतको गोलरहित बराबरी

डिसी नेपाल
२५ भदौ २०७६ ९:४६

एजेन्सी । एसियन च्याम्पियन कतारसंग भारतले बराबरी खेलेको छ । विश्वकप छनोट अन्तर्गत सोमबार राति भएको खेलमा भारतले एसियन च्याम्पियन कतारसंग गोलरहित बराबरी खेलेको हो ।

भारत यस बर्ष एसियन च्याम्पियन टोलीसंग पराजित नहुने एसियाको पहिलो टिम बनेको छ । भारतीय गोलकिपर गुरुप्रित सिंह सन्धुको उच्च प्रर्दशनसंगै दोहामा भएको विश्वकप छनोटमा भारतले अंक खोस्न सफल भएको छ ।

कतारले यस बर्ष जापान, साउदी अरब र साउथ कोरिया लगायतका देशलाई स्तब्ध बनाएको थियो । उसले यसै बर्षमात्र एसियाली देशबाट कोपा अमेरिकामा प्रतिनिधित्व गरेको थियो ।

फिफा विश्वकपको आयोजना गर्न गईरहेको एसियाली फुटबलको नयाँ पावरहाउस कतारलाई भारतीय टिमले बराबरीमा रोक्दै ऐतिहासिक सफलता हासिल गरेको हो । फिफा वरियतामा भारत १ सय ३ औ स्थानमा छ । कतार ६३ औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *