मेस्सी, अग्युरो र डि मारिया नखेलेको खेलमा मर्टिनेजले ह्याट्रिक गर्दै अर्जेन्टिनालाइ जिताए

डिसी नेपाल
२५ भदौ २०७६ १०:१६

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई सजिलै पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लाउरान्टो मार्टिनेजले ह्याट्रिक गरेका थिए । मार्टिनेजले खेलको १७औ, २२औ र ३९औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

इन्टर मिलानबाट खेल्ने २२ बर्षिय युवा खेलाडी मार्टिनेजले अर्जेन्टिनाका लागि योसहित अहिलेसम्म १३ खेल खेल्दै ९ गोल गरेका छन् । यस खेलमा अर्जेन्टिनाका लागि अर्को गोल लीनड्रो परेडेसले पेनाल्टी मार्फत गरेका थिए । यस अघि चिलीसँगको मैत्रीपूर्ण खेलमा बिना गोल बराबरी खेलेको अर्जेन्टिनाले अब अर्को खेल आगामी अक्टोबर १० मा जर्मनीविरुद्ध खेल्ने हच । प्रतिबन्धका कारण अर्जेन्टिनाका लियोनेल मेसी यस खेलमा खेलेनन् भने एन्जल डि मारिया, सर्जियो अग्युरो जस्ता खेलाडी समेत यो खेलमा अनुपस्थित रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *