सीपीएलः एकै खेलमा बने कैयौं रेकर्ड

डिसी नेपाल
२६ भदौ २०७६ ६:५६

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा टी–खेलका कैयौं रेकर्डहरु बनेका छन्। जमैका थालावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन थुप्रै रेकर्डहरु बनेका हुन।

वेस्ट इण्डिजका खेलाडी क्रिश गेलले ६२ बलमा ११६ रन बनाउँदा पनि उनको टोली जमैका थालावाजले हार भने टार्न सकेन। यस खेलमा कीर्तिमानी ३७ छक्का बने। यस टि–२० क्रिकेटमा क्रिस गेलले २२ औं शतक प्रहार गरे। उनको नाममा टि–२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान छ।

मंगलबार क्यारेबियन प्रिमियर लिग अन्तर्गत जमैका थालावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन दुई पटक सर्वाधिक स्कोरको कीर्तिमान भंगसमेत भयो।

यस खेलमा जमैका थालावाजले पहिलो ब्याटिङ गर्दै २४१ रन बनायो। यसमा गेलले ११६ तथा चाडविक वाल्टनले महत्वपूर्ण भूमिका खेले। गेलले ६२ बलमा ११६ रन जोडे भने वाल्टनले ३६ बलमा ७३ रन बनाए। यसक्रममा गेलले सात चौका र १० छक्का प्रहार गरे, यी दुबैको सहयोगमा जमेका थलावाजले क्यारेवियन लिगमा सर्वाधिक स्कोर बनायो। तर यो कीर्तिमान केबल डेढ घण्टामै तोडियो।

जवाफी ब्याटिङमा आएको नेविसले जमैका थलावाजको कीर्तिमानको जवाफ उसकै अन्दाजमा फर्कायो। मात्र ७ बल बाँकी छँदा लक्ष्य हासिल गर्दै उसले लिगमा सर्वाधिक स्कोरको रेकर्ड बनायो। खेल नेविसले १८.५ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएर हासिल गर्‍यो। यसक्रममा नेविसले ३७ छक्का प्रहार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *