बार्बाडोसको पहिलो जित, ३ विकेट लिएका सन्दिप ‘प्लेयअर अफ द म्याच’

डिसी नेपाल
२६ भदौ २०७६ ७:५९

एजेन्सी । क्यारेबियन प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम बार्बाडोस ट्रिडेन्ट्सले पहिलो जित निकालेको छ। बिहिबार बिहान भएको खेलमा सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सलाई १८ रनले पराजित गर्दै बार्बाडोसले पहिलो जित निकालेको हो।

बार्बाडोसले दिएको १८६ रनको लक्ष्य पछ्याएको प्याट्रियोट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनायो। त्यसका लागि लोरी इभान्सले ६४ रनको पारी खेले। यस्तै डोमिनिक ड्रेक्सले ३४ रन बनाएपनि अन्य खेलाडी राम्रो रन बनाउन सकेनन्। बार्बाडोसको जितमा सन्दिपले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए। यस्तै ज्यासज हाल्डर र हेडेन वाल्सले २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको बार्बाडोसले २ विकेट गुमाएर १८६ रन बनाएको थियो। त्यसका लागि जोनसोन चार्ल्सले ५२ तथा लेनिको बुचरले ६२ रनको अर्धसतकिय पारी खेले। यस्तै जेपी डुमिनीले ४३ रन बनाउँदा एलेक्स हेल्सले १८ रन बनाए। प्याट्रियोट्सका रायद इम्रित र उस्मा मिरले १–१ विकेट लिए। खेलमा महत्वपूर्ण ३ विकेट लिएर जित दिलाएका सन्दिप म्यान अफ द म्याच पनि बने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *