नाइजरमा आएको बाढीबाट १ लाख ३० हजार प्रभावित

डिसी नेपाल
२६ भदौ २०७६ १५:०८

नाइजर। अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन्।

यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ।

सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ।

नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ।

नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए। (रासस/एएफपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *