संसदमा गगन आक्रोशः प्रधानमन्त्रीज्यू, प्रदेश सभा डुल्दै रोइलो गर्न छाड्नुस् (भिडियो)

डिसी नेपाल
५ भदौ २०७५ १३:५३

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्रीलाई संघीयता असफल बनाउने बाटोमा अगाडि नबढ्न चेतावनी दिएका छन्।

माइक समाउनासाथ गगनले उच्चारण गरेको पहिलो वाक्य थियो-‘झापा निवासी खड्ग प्रसाद ओलीलाई संघीयता चल्दै चल्दैन भन्ने सुविधा छ,’ गगनले भने –‘के सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सुबिधा छ ?’

उनले कदापी प्रधानमन्त्रीलाई संघीयताको विपक्षमा बोल्ने अधिकार नरहेको चेतावनी शैलीमा ध्यानाकर्षण गराउँदै गगनले प्रधानमन्त्रीकै व्यक्तिगत अरूचि र अन्योलताले संघीय प्रणालीको भविष्यमाथि अन्योलता सृजना भएको आरोप लगाए ।

गगन थापाले निकै आक्रामक श्वरमा प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् –‘प्रदेश सभाहरूमा डुलेर उपदेश दिन छाड्नुस्,’ उनले प्रधानमन्त्रीलाई भने– ‘अन्तरवार्तामा रमाइलो र रोइलो गर्न पनि छाड्नुस्, गर्न पर्ने कामहरू खुरूखुरू गर्नुस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *