सावित्रा सर्वाधिक गोलकर्ता

डिसी नेपाल
२६ भदौ २०७६ २०:२०

काठमाडौं । नेपालकी स्ट्राइकर सावित्रा भण्डारी किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । बिहीबार सम्पन्न प्रतियोगितामा सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन सफल सावित्राले कुल ७ गोल गरिन् ।

सावित्राले बिहीबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग २ गोल गरिन् । तर, नेपाल फाइनलमा ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भयोर। सावित्राले घरेलु टिम किर्गीस्तानविरुद्ध ४ र ताजकिस्तानविरुद्ध एक गोल गरेकी थिइन् ।

यो प्रतियोगितामा ७ गोल गरेसँगै सावित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेकी छिन् ।

सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानमा बराबरी गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *