डेङ्गुबाट फेरि एक जनाको मृत्यु
काठमाडौं । डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन्। उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको राससले जनाएको छ।
उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए। पछिल्लो समयमा डेङ्गुका बिरामीहरु सबैभन्दा बढी ३ नं प्रदेशमा छन्।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ।
विभागले विहिबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो। ३ नं प्रदेशमा पनि सबैभन्दा बढी चितवनमा बढी रहेको जनाईएको छ।
विभागका अनुसार हाल मुलुकभर ७ जनाको मृत्यु भैसकेको छ भने ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन्। काठमाडौँ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन्।
Facebook Comment