यू–१९ एसिया कपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

डिसी नेपाल
२७ भदौ २०७६ ६:०२

एजेन्सी । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहिबार भएको दुवै सेमिफाइनल खेल वर्षाले रद्द भएपछि भारत र बंगलादेश भाग्यमानी बन्दै फाइनल पुगेको हो । भारी वर्षाको कारण दुवै खेल टस समेत नभई रद्द भएको थियो ।

खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेको हो । भारत समूह ए र बंगलादेश समूह बी को विजेता बनेको थियो । दुवै टिम समूह चरणमा अपराजित रहेका थिए । फाइनल खेल शनिबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *