७३ वर्ष पुरानो रेकर्ड तोड्ने दाउमा स्मिथ!

डिसी नेपाल
२७ भदौ २०७६ ६:१०

एजेन्सी । अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन् । जारी एसेज सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका स्मिथले अन्तिम अर्थात पाँचौ टेष्टमा त्यहि लयलाई निरन्तरता दिए ७३ वर्ष पुरानो रेकर्ड तोडिने छ ।

स्मिथले अन्तिम टेष्टमा इंग्ल्यान्डविरुद्ध १ सय ३० रन बनाउन सके ७३ वर्ष पुरानो रेकर्डदै सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्ने छन् । जुन रेकर्ड इंग्ल्यान्डका वैली हैमन्डको नाममा छ । उनले सन् १९४६ मा भारतविरुद्ध ८० टेष्ट खेलमा १ सय ३१ इनिङमा ७ हजार रन पुरा गरेका थिए । जुन हालसम्म तोडिएको छैन । तर स्मिथले यो रेकर्ड तोड्न सक्छन् ।

स्मिथले ६७ खेलमा १ सय २२ इनिङमा कुल ६ हजार ८ सय ७० रन बनाइसकेका छन् । उनले एसेज सिरिजमा तोड्न नसके पनि अन्य खेलमा तोड्न सक्ने सम्भावना उच्च देखिन्छ । एसेज सिरिजमा स्मिथले पछिल्ला चार इनिङमा १ सय ४४ र १ सय ४२ गरि लगातार दुई शतक प्रहार गरेका थिए । दोस्रो टेष्टको पहिलो इनिङमा ९२ रन जोडेका स्मिथ घाइते हुँदा तेस्रो खेल गुमाएका थिए । चौथो टेष्टमा २ सय ११ र ८२ रन जोड्दै अष्ट्रेलियाका लागि एसेज ट्रफी रक्षा गरेका थिए ।

स्मिथ गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टमा बल टेम्पिरिङ काण्डका कारण १ वर्ष अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेपछि १६ महिनामा कमब्याक गरेका हुन् । पाँच एसेज टेष्ट सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *