क्यानको निर्वाचन रोके क्रिकेट समर्थक समाजले कडा आन्दोलन गर्ने (विज्ञप्तिसहित)

डिसी नेपाल
२७ भदौ २०७६ ८:०८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको निर्वाचन रोक्ने षड्यन्त्र भईरहेको भन्दै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले गम्भिर ध्यानाकर्षण गराएको छ। एनसीएसएसले बिहिबार एक विज्ञप्ति निकाल्दै क्यानको निलम्बन फुकुवा प्रक्रियामा कुनै पनि प्रकारको अवरोध भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

क्यान निलम्बन अवस्थामा रहेको र फुकुवा प्रक्रियाको लागि स्वतन्त्र समितिले क्यानको केन्द्रीय समितिको निर्वाचनको मिति तय भईसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यान निर्वाचन रोक्न आईसीसीलाई अनुरोध गरेको भन्दै एनसीएसएसले आन्दोलन गर्ने चेतावनी दिएको हो । आईसीसीले गठन गरेको स्वतन्त्र समितिले क्यानको केन्द्रीय निर्वाचन असोज ३ र ४ गते हुने बताएको छ ।

विज्ञप्ति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *