‘मैले क्लवलाई नेइमारलाई ल्याउनू भनेको होइन’

डिसी नेपाल
२७ भदौ २०७६ १२:३६

काठमाडौं। समर टन्सफरमा नेइमारलाई पिएसजीबाट बार्सिलोना ल्याउने प्रयास विफल भएपछि बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छन् । उनले नेइमारलाई ल्याउनले क्लवले अझै केही बढी प्रयास गरिदिएको भए हुन्थ्यो भन्ने आफ्नो मनमा रहेको बताएका छन् ।

ट्रान्सफर विन्डो बन्द हुने अन्तिम समयसम्म पनि यस विषयमा छलफल भइरहेको थियो तर कुनै सम्झैता नभएपछि नेइमार यस सिजन पिएसजीमै रहनेछन् । विन्टर ट्रान्सफरमा भने जनवरी १ मै नेइमारलाई बिक्रीको लागि राखिने पिएसजीले संकेत दिइसकेको छ । ‘नेइमार क्लवमा पुनः आएको भए म धेरै खुसी हुने थिएँ’ मेस्सीले स्पोर्टसँग कुरा गर्दै भने ‘इमान्दार भएर भन्दा मलाई थाहा छैन बार्सिलोनाले नेइमारलाई ल्याउन हरसम्भव प्रयास गर्यो वा गरेन ।’

मेस्सीले अगाडि भने ‘पिएसजीसँग छलफल गरेर सहमतिमा पुग्नु सहज कुरा होइन र यो सत्य हो । यद्यपि खेल क्षेत्रमा नेइमार संसारकै उत्कृष्टमध्ये एक हुन् ।’ नेइमारलाई क्लवमा ल्याउन आफूले माग गरेको कुरा सत्य नभएको मेस्सीले दावी गरे । उनले भने ‘मैले दबाब दिएको होइन मैले त आफ्नो रायमात्र दिएको हुँ ।’ नेइमार नआएकोमा आफूलाई दुःख नलागेको बताउँदै मेस्सीले टिम अहिले पनि बलियो भएको र नेएमार बिना पनि प्रतिस्पर्धाका लागि आफूहरु तयार रहेको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *