हनुमानढोका क्षेत्रबाट पूर्व कर्णेल, पूर्व डिआइजी, बहालवाला मेजरसहित १५ जना पक्राउ

डिसी नेपाल
२७ भदौ २०७६ १४:३५

काठमाडौँ । राजधानीको मुटु मानिने हनुमानढोका क्षेत्रबाट नेपाली सेना र नेपाल प्रहरीका पूर्व बरिष्ठ अधिकारी, बहालवाला बरिष्ठ अधिकारीसहित करिब १५ जना पक्राउ परेका छन् । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले यी अधिकारीसहितलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले उच्छृंखल गतिविधि गरेका केहीलाई पक्राउ गरिएको पुष्टि गरे । तर, उनले कति जना पक्राउ परेको र पक्राउ परेका को–को हुन् भन्ने खुलाउन चाहेनन् । यद्यपि पक्राउ परेका केही व्यक्तिहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको स्रोतले जनाएको छ । उनीहरुलाई शुक्रबार अपरान्ह पक्राउ गरिएको हो ।

गुठी विधेयकमा राष्ट्रपतिले विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा उनको कार्यक्रमलाई बहिष्कार गर्नु पर्ने धारणा समूह भित्र केहीले राखेको जानकारी प्रहरीलाई प्राप्त भएको र त्यो अनुसार सादा पोशाकमा गएका प्रहरी कारवाहीमा उत्रिएको प्रहरी स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *