११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका
एजेन्सी । भारतको उडिसा राज्यकी बिनोदिनी समल विद्यार्थी पढाउन सधैँ नदी तरेर विद्यालय पुग्छिन् । ५३ छात्रा विद्यार्थीलाई पढाउनको लागि राठियापाल प्राथमिक विद्यालमा पुग्छिन् ।
वर्षाको समयमा घाँटीसम्मको पानी तरेर भए पनि विद्याल पुग्छिन् । विनोदिनी भन्छिन, ‘सधैँ पानीमा भिज्दा बिरामी पनि भएँ तर अहिलेसम्म बिदा लिएकी छैन।’ घरदेखि विद्यालय तीन किमि टाढा छ । उनी राठियापालमा स्वयसेवी शिक्षकको रूपमा पढाउँछिन् ।
उनको महिनाको ७ हजार तलब छ। उनलाई शिक्षा विभागले २ हजारमा नियुक्ति गरेको हो । उनी यस विद्यालयमा २००८ देखि अध्यापन गराइरहेका छिन् । ११ वर्षदेखि उनी सधैँ खोलाको बाटो हुँदै जान्छिन् । ’वर्षमा यहाँको अवस्था झन् खराब हुन्छ, पानी घाँटीसम्म आउने गर्छ,’ उनी भन्छिन, ’मेरा लागि यो काम सबैभन्दा ठूलो हो । घरमा बसेर के गर्नु ?’ सुरुवातीमा १७ सय रुपैयाँ थियो ।
उनले भनिन,’ नदीमा ४० मिटरको पुल बनाउने प्रस्ताव लगेको छ । तर, अहिलेसम्म पुल बन्न कुनै सम्भावना छैन ।’ धेरै गर्मी हुँदा पानीको बहाब कम हुन्छ । वर्षाको समयमा पुनः पहिलेको जस्तै हुन्छ । विद्यालमा २ शिक्षक छन् । प्रधानाध्यापक काननबाला मिश्रा र बिनोदिनी । वर्षाको समयमा प्रधानाध्यापक र धेरै विद्यार्थी विद्याल पुग्दैनन् ।
तर, बिनोदिनी सधै पुगेकी हुन्छिन् । बिनोदिनी सधै एक जोर कपडा र मोबाइल एउटा प्लाष्टिक झोलामा राख्छिन् । त्यहीँ झोला शिरमा राखेर नदी तर्छिन् । विद्यालय पुगेर उनी विद्यालको पोशाक लगाउँछिन् ।
Facebook Comment