सिनियर खेलाडी पाकिस्तान जान अस्विकार गरेपछि श्रीलंकाको टिममा युवा खेलाडी

डिसी नेपाल
२७ भदौ २०७६ १६:५९

काठमाडौं। सिनियर खेलाडीले पाकिस्तान भ्रमण गर्न अस्विकार गरेपछि श्रीलंकाले युवा खेलाडी राखेर राष्ट्रिय टिम घोषणा गरेको छ। श्रीलंका क्रिकेटले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजका लागि लाहिरु थिरिमाने र टी-२० सिरिजका लागि दासुन शनकालाई कप्तानको जिम्मेवारी दिइएको छ।

नियमित कप्तान दिमुथ करुणारत्ने, लासिथ मालिङ्गा, एन्जेलो मेथ्यूज, दिनेश चण्डीमाल, सुरंगा लमकल, थिसरा परेरा, अकिला धनञ्जय, धनञ्जय डिसिल्भा, कुलश मेन्डिस र निरोश डिकवेलाले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्विका गरेका थिए।

पाकिस्तान र श्रीलंकाबीच ३-३ वटा टी-२० र एकदिवसीय सिरिज हुने तय छ। सिरिज आगामी सेप्टेम्बर २७ मा सुरु हुनेछ। पहिले कराचीमा तीन वटा एकदिवसीय सिरिज हुनेछ। त्यसपछि लाहोरको गद्दाफी रंगशालमा तीन खेलको टी-२० सिरिज हुनेछ। गद्दाफी रंगशालमा १० वर्षअघि श्रीलंकाली टिमलाई लक्षित गर्दै आतंकवादी हमला भएको थियो। सिनियर खेलाडी पाकिस्तान नजाने भएपछि श्रीलंकाका युवा खेलाडीले मौका पाएका छन्।

श्रीलंकाको एकदिवसीय टिम: लाहिरु थिरिमाने (कप्तान), दानुष्का गुणातिलका, सदीरा समरविक्रमा, अविष्का फर्नान्डो, ओशादा फर्नान्डो, शेहान जयासूर्या, मिनोद बनुका, एन्जेलो परेरा, वानिन्दु हसरंगा, लक्षण संदाकन, नुवान प्रदीप, इसुरू उदाना, कसुन रजीता, लाहिरु कुमारा ।

श्रीलंकको टी-२० टिम: दासुन शनाका (कप्तान), दानुष्का गुणतिलाका, सदीरा समरविक्रमा, अविष्का फर्नान्डो, ओशादा फर्नान्डो, शेहान जयसूर्या, एन्जेलो परेरा, भानुका राजपक्षे, मिनोद बनुका, लाहिरु मदुशंका, वानिंदु हसनगंगा, लक्षण संदाकन, नुवान प्रदीप, इसुरू उदाना, कसुन रजिता, लाहिरु कुमारा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *