नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसको लिखित असहमति

डिसी नेपाल
२८ भदौ २०७६ ११:३५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ। प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो।

समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो। नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाएका थिए ।

कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ।

नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर लिा संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ। सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपट वहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए।

बैठक केही बेरका लागि स्थगित गरिएको छ। समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *