स्टिभ स्मिथले बनाए अनौठो रेकर्ड, इंजमामको रेकर्ड तोडियो

डिसी नेपाल
२८ भदौ २०७६ १५:२७

काठमाडौं। अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले एशेज सिरिजको पाँचौं टेस्टको पहिलो इनिङमा अधृशतक बनाउँदै लगातार टेस्ट क्रिकेटमा कुनै एक विपक्षी टिमविरुद्ध सबैभन्दा धेरै पटक ५० वा त्योभन्दा ठूलो स्कोर बनाएको रेकर्ड तोडेका छन् । अहिलेसम्म यो रेकर्ड पाकिस्तानका पूर्वकप्तान इंजमाम उल हकको नाममा थियो । उनले २००१ देखि २००६ को बीचमा इङल्याण्डविरुद्ध कूल ९ पटक ५० वा सोभन्दा धेरै स्कोर बनाएका थिए ।

स्मिथले उनलाई उछिनेका छन् । स्मिथले पाँचौं टेस्टको पहिलो इनिङमा ८० रन बनाउँदै लगातार १० औं पटक इङल्याण्डविरुद्ध ५० वा त्योभन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यान बने । यो सूचीमा तेस्रो नाम वेष्ट इण्डिजका पूर्व कप्तान क्लाइव लोयडको छ । उनले इङल्याण्डकै विरुद्ध लगातार ९ पटक ५० वा अधिक स्कोर गरेका छन् । चौथो स्थानमा दक्षिण अफ्रिकाका पूर्व कप्तान ज्याक कालिस छन् । उनले पाकिस्तानविरुद्ध ८ पटक लगातार ५० भन्दा अधिक स्कोर बनाएका छन् भने पाँचौं स्थानमा श्रीलंकाका पूर्वकप्तान कुमार सांगाकारा छन् । उनले बंगलादेशविरुद्ध यस्तो गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *