अत्याधिक नाटकीय खेलमा बंगलादेशलाई हराउँदै भारतले जित्यो अण्डर १९ एशिया कप

डिसी नेपाल
२८ भदौ २०७६ १६:४७

काठमाडौं । अन्डर १९ एशिया कपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौ पटक उपाधि जितेको हो । भारतले दिएको १०७ रनको लक्ष्य पछाएको बंगलादेशले ३३ ओभरमा १०१ रन बनाउदा अल आउट भएपछि भारत विजयी भएको हो ।

यस अघि ५ पटक उपाधि जितेको र एक पटक संयुक्त विजेता भएको भारतले कम रनलाई डिफेन्डगर्दै बंगलादेशलाई अत्यन्त रोमान्चक खेलमा पराजित गरेको हो । बर्षाले निकै अवरोध गरेको खेलमा बंगलादेशका बलरले उत्कृष्ट बलिङ गर्दै भारतलाई १०६ रनमा रोकेका थिए । टस जितेर पहिला ब्याटिंग गरेको भारत ३२.४ ओभरमा अल आउट भएको थियो ।

यस अघि एशिया कपको उपाधि भारतले ५ पटक एक्लै र एक पटक पाकिस्तानसँग संयुक्त रुपमा जितेको छ भने एक पटक अफगानिस्तानले जितेको छ । यहि भाद्र १९ देखि शुरु भएको प्रतियोगितामा नेपाल समुह चरणबाट नै बाहिरिएको थियो । समुह चरणमा नेपालले युएईमाथि मात्र जित हासिल गरेको थियो ।

नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेका थिए भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका थिए । यस अघि सेमिफाइनलमा भारत र बंगलादेशसहित आयोजक श्रीलंका र अफगानिस्तान पुगेको भएपनि सेमिफाइनलका खेल बर्षाले हुन नसक्दा हेड टु हेडका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *