ज्ञानेन्द्र शाही पक्राउ, पत्रकारमाथि जाइलागेपछि झडप

डिसी नेपाल
२९ भदौ २०७६ १४:४६

काठमाडौं। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो । शाहीले केही पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन् भने अमर्यादित भाषा समेत प्रयोग गरेका छन् ।

युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । स्थिति सामान्य भएपछि उनलाई छाडिने प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *