राजविराज नगरपालिकाका मेयरलाई ५ रुपैयाँ पुरस्कार !

डिसी नेपाल
२९ भदौ २०७६ १५:०३

राजविराज। राजविराज नगरपालिकाका मेयर शम्भु यादवलाई त्यहाँका बालबालिकाले ५ रुपैयाँ पुरस्कार दिएका छन् । मेयर यादवले नगरपालिकाको तर्फबाट बाल दिवसको अवसरमा कुनै कार्यक्रम आयोजना नगरेपछि बालबालिकाले गुनासोस्वरुप ज्ञापन पत्रसहित ५ रुपैयाँ पुरस्कार दिएका हुन् ।

उनीहरुले नगरपालिकाले बालबालिकाको पक्षमा कुनै सकारात्मक काम नगरेको गुनासो पनि गरेका छन् । बालदिवस मनाउन नगरपालिकाले बजेट नछुट्याएकाले विरोधस्वरुप ५ रुपैयाँ सहयोग गरेको जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष वरदान श्रेष्ठलाई उद्धृत गर्दै नेपाललाईभले लेखेको छ । मुलुकभर भव्य रुपमा राष्ट्रिय बाल दिवस मनाइरहँदा राजविराजमा पनि आफूहरूले कार्यक्रम गर्न माग गर्दा चासो नदेखाएको श्रेष्ठले गुनासो गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *