टुक्रा टुक्रा पारेर इनारमा ४४ वटा श*व पुरिएको फेला

डिसी नेपाल
२९ भदौ २०७६ १६:५३

मेक्सिको सिटी (एजेन्सी) । मेक्सिकोका विधिविज्ञानविज्ञहरूले खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा श*वको पहिचान भएको बताएका छन् । ग्वादलहार नगरबाहिर ११९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो । स्थानीय बासिन्दाले सो स्थानबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो ।

खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन् । यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए । अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो । शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो ।

धेरै शवको अझै पहिचान हुन बाँकी छ ।

बेपत्ता मानिसहरूको खोजी गर्ने एउटा संस्थाले विशेषज्ञहरूको सहयोग लिएर शव पहिचान गर्न सरकारलाई आग्रह गरेको छ । स्थानीय विधिविज्ञान विभागमा कामको ठूलो चाप रहेको र त्यहाँका कर्मचारीसँग आवश्यक सीप नभएको उसको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *