प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्रको आँखामा समस्या !, टेकु अस्पतालमा जचाउँदै

डिसी नेपाल
२९ भदौ २०७६ १८:५५

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई उडिरहेको विमानमा दूव्यर्वहार गरेपछि विवादमा आएका ‘अभियन्ता’ प्रहरीको नियन्त्रणाम रहँदा आँखामा समस्या भएपछि अस्पताल पुर्याइएका छन्।

शनिबार नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा शाहीले मन्त्री भट्टराईलाई दूव्र्यवहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेका थिए।

यो विषयमा आइतबार शाहीले पत्रकार सम्मेलनको तयारीसमेत गरेका थिए। ललितपुरमा आयोजितको उनको पत्रकार सम्मेलनमा हातहालाहालको अस्वस्था आएपछि ‘सुरक्षाका’ लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईे डिसी नेपालसँग भने, ‘उहाँको सुरक्षका लागि ल्याएका हौं। अहिले आँखामा समस्या भएको बताएपछि टेकु अस्पताल लगिएको छ।’ उनले शाहीमाथिको सुरक्षा थ्रेट नभएको लागेपछि उनलाई घर पठाइने बताए।

उनले प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको नभई ‘सुरक्षा’ दिएको बताए। उनलाई घर पठाउनेकी नपठाउने भन्ने विषयमा छलफल भइरहेको एसएसपी राईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *