रोहितको गोलमा पार्सिजाको जीत

डिसी नेपाल
३० भदौ २०७६ १२:१६

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा जित निकालेको छ । आइतबार भएको खेलमा जकार्ताले पीएसआइएसलाई २-१ गोल अन्तरले हराएको हो । जकार्ताको जितमा मार्को सिमिक र रोहित चन्दले एक एक गोल गरे । पीएसआइएसका सेप्टेन डेभिडले एक गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा सिमिकले पेनाल्टीमा गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा रोहितले गोल गर्दै जकार्ताको अग्रता २-० को बनाए । त्यसपछि खेलको ६३ औं मिनेटमा डेभिडले एक गोल फर्काएपनि जकार्ता २-१ ले विजयी भयो ।

जितसँगै जकार्ताले १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ । १९ अंक जोडेको पीएसआइएस १२ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *