सिरी ए मा मिलानको संघर्षपूर्ण जित

डिसी नेपाल
३० भदौ २०७६ १२:३२

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपुर्ण जित निकालेको छ । मिलानले हेलास भेरोनालाई उसकै मैदानमा १–० को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानलाई जिताउन क्रिस्टोफ पियाटिकले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।

दुवै टोलीले १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको थियो । खेलको २१औं मिनेटमा मारियस स्टेपिन्स्की सिधै रातो कार्ड खादै मैदानमाबाट बाहिरिएको थियो । तर, मिलानले त्यसको फाइदा उठाउन निकै संघर्ष गर्नुपरेको थियो । खेलको अन्त्यतिर मिलानका डेभिड कालाब्रिया पनि सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएको थियो । महत्वपुर्ण जितसँगै मिलान ३ खेलबाट ६ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित भेरोना ४ अंकसहति ११औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *