अक्टोबरमा क्रिकेट संघको निलम्बन फुकुवा हुने राखेप सदस्य सचिबको दावी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा मिति तोकिएसँगै करिब ४ वर्षदेखि निलम्बन झेलिरहेको नेपाल क्रिकेट संघले निकाश पाउने सम्भावना बढेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल त आगामी अक्टोबरमा निलम्बन फुकुवा हुनेमा ढुक्क देखिएका छन्।
सोमबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित कार्यक्रममा उनले आगामी अक्टोबरमा क्यानको फुकुवा हुने बताएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अक्टोबरमा हुने बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने दावी गरे। उनलले भने, ‘आज आईसीसीका प्रतिनिधिसँग छलफल भयो । अक्टोबरको मिटिङबाट फुकुवा हुन्छ। ग्रासरुट क्रिकेटको बारेमा समेत छलफल भएको छ ।’
सिलवालले अक्टोबर १२ र १२ मा आईसीसीको बैठक बस्ने र नेपाललाई त्यहिँ बैठकले फुकुवा गर्ने बताए ।
सदस्य सचिव सिलवालले सोमबार बिहान आईसीसीका पदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख तथा आईसीसी गठन गरेको स्वतन्त्र कमिटिका सदस्य राजेश्वर श्रेष्ठ रहेका थिए ।
उक्त छलफलले क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने निर्णय समेत गरिसकेको छ । क्यानको केन्द्रिय निर्वाचनबाट नयाँ नेतृत्व आएपछि आईसीसीले क्यान निलम्बनको प्रक्रिया अघि बढाउने छ ।
Facebook Comment