सत्तारुढ दलको युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई कास्की र धनुषामा प्रवेश निषेध

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बुद्ध एयर ढिलाई प्रकरणमा मुछिएपछि मन्त्री भट्टराईलाई विवादमा ल्याउने ‘भ्रष्टाचार विरोधी अभियन्ता’ ज्ञानेन्द्र शाहीविरुद्ध सत्तारुढ दल नेकपा निकट युवा संगठनले धनुषा र कास्कीमा प्रवेश गर्न नदिने बताएका छन्।
राष्ट्रिय युवा संघ कास्कीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाहीमाथि कास्की प्रवेश निषधे घोषणा गरेको छ। संघका दुई अध्यक्षहरु भोजराज पौडेल र डिल्लीराम सुबेदीले सँयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।
यस्तै धनुषामा पनि सोही प्रकारको निषेध गरिएको छ। धनुषा पूर्व आईसीएल अध्यक्ष सरोज यादवले सोमबार विज्ञप्ति जारी गर्दै शाहीलाई धनुषा प्रवेश निषेधको घोषणा गरेका छन्।
शाहीले मन्त्री भट्टराईकै कारण विमान ढिला उडेको भन्दै विरोध जनाएका थिए।
Facebook Comment