बिपी चिन्तनको अनुशरणबिना बिपी जयन्तीको औचित्य के ?
अमेरिका । बिगत वर्षमा झैँ गत सेप्टेम्बर १४ मा नेपाली काग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले बिपीको १०६ औ जन्मजयन्ती कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा आनन्द बिष्ट, बेद खरेल, सुर्य लम्साल, त्रिलोक्य सेन, गोमा सेन, सारदा क्षेत्री, बिष्णु सुबेदी, मुनेंद्र नेम्वाङ्ग, खगेन्द्र जिसी, महेन्द्र जिसी, गोबिन्द कोइराला, कमल पाण्डे संजिव श्रेष्ठ, बिष्णुमान प्रधान, केशव राम राई, हरिश चन्द्र हमाल, रोशन ढुंगाना, महेश मल्ल, बिष्णु सिंह, कुन्ती थापा लगायत थुप्रै सहभागीहरु रहेका थिए। बिपीको जन्म दिवश मनाउन नेकपा, राजाबादीहरु र अन्य सर्वसाधारणको सानो कोठामा बाक्लो उपस्थिति रहेको थियो।
यसरी सबै तप्काका व्यक्तित्वहरु बीपीको कार्यक्रममा सहभागी हुनुले हाल नेपाली जनताले बलियो बनाएको दुईतिहाईको नेकपा सरकारले नेपाली जनताको अपेक्षा अनुरुप केहि बिकासका गतिबिधि गर्न नसकेको र अनेकन भ्रष्टाचार र बलत्कारका घटनाहरुमा केहि गर्न नसकी अकर्मण्यता देखाएकोले शायद नेपालि आखाले काग्रेसमा प्रभावकारी नेतृत्व खोजि गरेको हो कि भन्ने बुझिएको छ।
तर यसपटकको जयन्तिमा पनि नेताहरुले उही सुगा रटाईको पुरानो कुरो नै गरे । जस्तै: काग्रेसले सात सालमा क्रान्ति गरेको, १५ सालको चुनावमा काग्रेसले बहुमत ल्याएको, बीपीले मेलमिलापको शिधान्त लिई नेपाल फर्केको इत्यादि। यो बाहेक अरु कुनै कुरा उठान गर्ने ज्ञान नै छैन। नेपाल छदा पनि नेताको ढोका धाउने र यसतै मात्र कुरो गर्ने नेताहरुको इण्टरभ्यु धेरै सुनिएको थियो। यसरि बिगत बर्षको भन्दा केहि फरक देखिएको कार्यक्रम भएता पनि हाल संकटग्रस्त काग्रेस पार्टीलाई अगाडि लैजाने सवालमा वा देश बिक्रितिपुर्ण अवस्थाबाट गुज्रिरहेकोमा भने ‘मे हु’ भन्ने खाटी काग्रेसीहरुको बिचारमा शुन्यता नै पाइयो।
बीपीको बिचारले आजको बिपक्षीको बिक्रितिपुर्ण क्रियाकलापलाई परास्त गर्न सकिन्छ। तर यसको अनियार्य शर्त हो बीपीको बिचारलाइ आफ्नो शर्रिर र आत्मामा प्रवेश गराउन सक्नु पर्यो। तर बीपीको समाजबादी शिधांत बोकेको पार्टि कार्यकर्ता भएर कुनै स्कुल , कलेज र बिस्वबिद्यालयमा नपाढाईने भने शामन्तबादी बोलीचाली खाईस्योस , सुतिस्योस, उठिस्यो, भन्न गर्व गर्छन। जेठो, पुरानो भन्ने पार्टीका कार्यकर्ताले समय सापेक्ष सोच, आचरण र व्यवहार, नियम, बिधि इत्यादि पनि सुसंस्कृत र परिष्कृत हुन्/ गर्न सक्नु पर्दछ। नत्र त्यस्ता पार्टी पुरानो जेष्ठ नभई पुरानो थोत्रो, म्याद सकिएको काम नलाग्ने पार्टि हुन् पुग्दछ। र जनता अन्य नया बैकल्पित पार्टी प्रति आकर्षित हुन् पुग्दछन् ।
काग्रेस केन्द्रिय समितिले स्थगित गरेको जस समितिको चुनाव अब आगामी छ महिना भित्रमा गर्न पर्ने निर्देशित् गरेको छ। त्यसैले कार्यक्रममा कतिपय सहभागीहरु को कति पानीमा छ भन्ने बुझन भेला भए। तर समितिको पदावधि सकिएर भूपू भई उकुसमुकुस बसेका पद लोलुपहरुले भने यो क्षणिक भेटघाटको अवसरलाइ काग्रेसी एकीकरण र मेलमिलाप भएको अर्थ्याए ।
योग्यता र क्षमता केहि नभए पनि उनीहरु अझै गुटबन्दी कै भरमा आफ्नो भूपूलाइ बर्तमान बनाउने सम्भावना देखिरहेका छन। त्यसैले नया बिचार बोकेकाहरुलाई बोल्न बन्चित गरियो। बिहानको अवस्थाले दिउसो दर्शाउछ भने झैँ चुनावको सुचना आउदा त् यो अवस्था छ भने चुनावी हुदा के होला सहजै अनुमान गर्न सकिन्छ। त्यसैले पार्टि सुधार गर्न चाहने हरुले अहिले नै यो कुरालाई मनन गर्न जरुरी छ।
संचालक महेश मल्लले कार्यक्रम संचालन पूर्व एक दर्जन पुरानै अनुहारका अतिथिहरु ड्यासमा विराजमान गराए। ततपस्चात बीपीको सम्झनामा एक मिनेट मौनधारण गरियो । अनि बीपीको तस्बिरमा नेताहरुबाट देख्दै उराठ लाग्ने तरिकाले फुल चढाउने र ढोग्ने कार्य भयो।
ततपस्चात बीपीको सम्झनामा आफ्नो धारणा राख्न पुर्व निर्धारित बिगत कै आफ्ना गुटका बक्ताहरुलाइ दुई मिनेटको छोटो समय प्रदान गरियो। तर यसलाइ बेवास्ता गर्दै भूपू गुल्मी जिल्ला सभापति, काग्रेसी नेताले बिगत बिपी जन्मजयन्तीमा धेरै पटक भनि सकेको कुरालाई फेरी ४५ मिनेट लामो भाषण गरि दिए। कृष्ण प्रसादको छोरा बिपी भारतमा जन्मेको, जेल परेको, मेलमिलापको नीति लिएर नेपाल आएको आदि इत्यादि कुरा गर्दै, काग्रेसले छोडि सकेको राजतन्त्र र हिन्दु धर्म फेरी समय सान्दर्भिक भएको प्रसंग निकाले।
बिपीसंग धेर सगै बसी निकट पनि भनियो। तर उनले बीपीको धार्मिक स्वतन्त्रताको बिचार चाहि नबुझेको वा जीपीले काग्रेसको धर्म निरिपेक्षता अङ्गीकार गरेको चाहि नबुझेको जस्तो देखियो। यसरि समय निर्धारित समयलाई लत्याएर गुटका अलि प्रभावशाली नेताले जति समय ओगटे र अनेक छेउ न टुप्पोको बकबक गरे पनि तिनलाई छोट्याउने हुत्ती संचालक महेश मल्ल वा सभापति रोशन ढुंगानाको देखिएन । अथवा यिनीहरुको नियमपूर्वक र बोले अनुसार कार्य गर्ने योग्यता क्षमता नै छैन भन्ने सहभागी धेरैको भनाई रह्यो।
यसरी धेरै पटक भनि सकेको कुरालाई छापेर सहभागीलाई बाडिदिए कति समय बचत हुने थियो। साथै नया बक्ताले समय पाई नया बिचार आउँन सक्ने धेरैको राय थियो।
बिगत कार्यक्रममा ढुङ्गाना गुटले शारदा क्षेत्री कुन हैसियतकी नेत्री हुन् भन्ने नबुझी उपेक्षा गरेको हुनाले क्षेत्रीले निकै आक्रोस पोखेकी थिइन्। त्यसैले यसपाली डरले हो वा बुझेर हो ढुंगानाले शारदा बाटै बीपीको बारे बोल्न शुरु गराए । तर शारदा क्षेत्रीले बीपीको बारे केहि बोलिनन। अरु के के भनिन कसैले बुझेनन्। तापनि अब युवा शक्ति अगाडि आउनु पर्छ भनेको केहिले बुझे। धेरैले थप्पडी बजाएनन। कारण कतिपय जसस न्युयोर्कका युवा नै चाकडी र गुट्बन्दिमा लागेका छन। तिनमा नेतृत्वमा कुनै योग्यता र क्षमता देखिदैन। त्यसैले ति ओली सरकार जस्तै चुनाव त् जिते। तर कार्य गर्ने क्षमता नभएर गुटबन्दिलाइ आफ्नो आयु लम्ब्याउने बलियो आधार ठानेका छन्।
यसको ज्वलन्त उदाहरण त् न्युयोर्क च्याप्टर मै चर्को गुट छ। यसका पदाधिकारी बिच नै गहिरो तिक्तता रहेको छ। त्यसैले समितिको कार्यक्रममा सबै पदाधिकारी कहिले देखिदैनन। महासचिव महेश मल्ल पद छोडि कति पटक एन आर एन चुनाव लडन गई सके। तर आफ्नो गुटलाई मजबुत राख्न ढुंगानाले जति पटक महेसले हारेर आए पनि महेशलाई नै नियम बिपरित महासचिव मा राखेका छन।
काग्रेसले जितेको एनआरएन भए पनि अयोग्य भएकोले महेसले जित्न सकेका छैनन्। तर समितिमा अरु कुनै काग्रेस महासचिव बन्न नभए झैँ रोशनले अयोग्यलाइनै प्रश्रय दिएर आफु अयोग्यताको प्रतिनिधि पात्र बनेका छन्। के जस समितिको पद सरकारी जागिरे पद हो जुन बिदा लिएर अन्यत्र जागीर खोज्न जाने। अनि नपाए फेर्कर आफनै पदमा बस्न पाउने? के रोशनले यसको जवाफ दिन सक्छन ?
निर्धारित समयलाइ ध्यानमा राखेर प्रखर बक्ता बेद खरेलले काग्रेसको बर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्ने समबन्धमा आफ्नो ओजस्वी धारणा राखे। उनको तर्कपूर्ण र निस्पक्ष बिचारले गर्दा शायद आगामी चुनावमा उनलाई साथीहरुले सहयोग गर्नेछन्।
अर्का बक्ता बर्तमान काग्रेस केन्द्रिय सदस्य आनन्द बिष्टले पार्टिको निर्देशन बमोजिम जस समितिको आगामी चुनावमा आफु कसैको पक्ष र बिपक्षमा नरही स्वच्छ र धाधली रहित चुनाव गराई निष्पक्ष र योग्य व्यक्तित्वहरुलाई नेतृत्वमा ल्याउन आफु कटिबध्ध रहेको प्रण गरे। उनले गरेको प्रतिबध्ता बमोजिम परिणाम आयो भने उनको प्रतिष्ठा अझ बढ्ने निश्चित छ।
अर्का बक्ता गोबिन्द कोइरालाले आफु राजनीतिज्ञ नभएको र बिपीको साहित्यिक किर्तिबाट आफु निकै प्रभावित भएको भन्दै बीपीको सम्झनामा एक कविता बाचन गरेका थिए।
अर्का बक्ता कमल पाण्डेले बीपीको राजनीतिक र बैचारिक उचाई जवाहरलाल नेहरु भन्दा माथि रहेको बताए। बिपी आफ्नो समयाका माथिल्ला स्तरका नेता भएको उल्लेख गर्दै आफ्नो श्रधाशुमन अर्पण गरेका थिए। अर्का बक्ता नेकपा नेत्री कुन्ती थापाले पनि बिपिमा आफ्नो श्रधाशुमन अर्पण गरेका थिए।
अर्का बक्ता खगेन्द्र जिसीले समिति भित्र गुटबन्दी गर्ने र एक-अर्काको खुतता तान्ने प्रवृतिले बीपीको इच्छा पुरा गर्न नसकिने हुनाले सबैले पुरानो प्रवृति त्याग्नु जरुरि भएको बताए।
अर्का बक्ता सांसद महेन्द्र जिसीले काग्रेस भित्र गुटबन्दी रहेको र पार्टिले नीति बमोजिम कार्य गर्न नसकी रहेको खुलस्त पारे। तर यौ स्थिति बिस्तारै हट्दै जानेमा आफु बिस्वस्त रहेको उल्लेख गरे।
यसरी काग्रेसको उच्च तह मै गुटबन्दि छ भने आफ्नो कुनै नीति, सोच, अडान नभएका समितिका काग्रेसिहरु जो अमेरिका जस्तो देशमा बसेर तिनै नेताका दौरा समाउछ्न भने समिति कसरी स्वच्छ हुने भन्ने आजको मूल प्रश्न रहेको छ।
काग्रेसलाइ आफनै बपौति ठान्ने कतिपय नेताहरु बुझ्नु न सुझ्नु अमेरिकाको उदाहरण दिएर नेपालमा हिन्दु धर्मको वकालत गर्छन्। अमेरिकामा क्रिश्चियन बहुसंख्या छन। याहाका राष्ट्रपति नै खाटी क्रिश्चियन हुन्। यहाको सम्बिधान् नै बाईबलबाट निर्देशित छ। क्रिश्चियन धर्मगुरुले राष्ट्रपतिलाई पदभारको शपथ ग्रहण बाइबलबाटै गराउछन। तर के अमेरिकाको संविधानले देशलाई क्रिश्चियन देश भन्छ?
सन् १९५१ मा सुबर्ण शमसेरको नेपाल प्रजातान्त्रिक कागेस र बीपीको नेपाल राष्ट्रिय काग्रेस एकीकरण हुदा बीपीले आफ्नो तिन तारे झण्डा त्यागि सुबर्ण शमसेर कै चार तारे झण्डालाइ नेपाली काग्रेसको झण्डा बनाए। चार तारा मध्ये एक ताराले धार्मिक स्वतन्त्रताको प्रतिनिधित्व गर्दछ। तर अहिले देशमा नेकपाको अक्षमताको कारण अनेकन सवालमा देशलाइ निकास दिनु पर्ने बेलामा काग्रेस आफैले जारि गरेको धर्म निरिपेक्ष संबिधान बिपरित केन्द्रका नेताहरु धर्मलाई लिएर अनेकन बखेडा गरिरहेका छन्।
अहिले देशको संविधानले नै बिपीको समाजबादलाइ अङ्गीकार गरिसकेको छ। त्यसैले अब सबैले समाजवादको नै कुरो गर्छन्। अब काग्रेसको आफ्नो समाजबाद भनेर धक्कु लाउनु पर्ने कुनै जरुरत छैन। बीपीको समाजबाद काग्रेसको भएकोले काग्रेसीहरुले आफु उच्च स्तरको समाजबादी भएको आफ्नो सोच, बिचार , क्रियाकलाप, पारदर्शी पार्टि गतिबिधि, नियमकानुनको पालना, समाजका सबै बर्गका र तप्काका समुदायको उन्नति प्रगतिमा प्रमुख भूमिका देखाउन सक्नु पर्यो। नत्र अरुको दाजोमा पाखण्डी समाजबादीको दाग लाग्न सक्छ।
बीपीको बिचारलाइ मन्थन गरेर आजको सन्दर्भमा कसरि उपयोग गर्न सकिन्छ भन्ने सोच बिपिसगे धेरै समय बिताएका देखि लिएर समितिका च्याप्टर सम्म कतै छैन। यस्तो अवस्थामा काग्रेसलाई कसरि हेर्ने? कसरी बिस्वास गर्ने? किनकि नाल्याक र बिचार शुन्यहरुको गुट्बन्दिले नयालाइ प्रवेश गर्न अवसर नै मिल्दैन। यहि कुरो यो बिपी जयन्तिको कार्यक्रममा स्पष्ट देखीयो। काग्रेस बचाउन चाहनेहरुले यसलाई सोच्नु जरुरि भैसकेको छ।
यसरी बिचारको शुन्यतामा १०६ औ बिपी जन्मजयन्ती कार्यक्रम समापन भयो। त्यसैले अहिले धेरैले प्रश्न गरिरहेका छन, उपलब्धिहीन बिपी जयन्तिको औचित्य के ?
Facebook Comment