मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडे 

डिसी नेपाल
३१ भदौ २०७६ २०:२५

मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन्।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन्।

लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो।

सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक/एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो।

सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो।

यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *