प्रतिनिधिसभामा सांसदको प्रस्ताव –‘डेङगु रोक्न लामखुट्टेश्वर महादेवको स्थापना गरौं’

डिसी नेपाल
१ असोज २०७६ १४:१६

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा एक सांसदले डेङगु रोक्न ‘लामखुट्टेश्वर महादेव’ को स्थापना गर्न प्रस्ताव गरेका छन् । देशैभरी डेङगु फैलिरहेको तर सरकारी निकायले यसको नियन्त्रण गर्न नकिरहेको अवस्थाप्रति व्यङ्ग्य गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘दबाइले काम गरेन भने दुआ माग्ने चलन पुरानो हो, अब हामीले पनि त्यस्तै गर्नुपर्ला भन्ने स्थिति आयो’ उनले भने । पुरानो संसद भवन सिंहदरबारको छेउमा संसदमा केही तलमाथि भयो भने त्यसको समाधान होस् भन्ने हेतुले ‘संसदेश्वर महादेव’ मन्दिर स्थापना गरिएको उनले उल्लेख गरे ।

‘संसदमा संसदेश्वर महादेव स्थापना गरियो । हाम्रोतिर फलफूल लटरम्म फलोस् भनेर लटरम्मेश्वर महादेव स्थापना गरिएको छ । सन्तान नहुनेहरुले पूजा अर्चना गरेर सन्तान पाउन् भनेर सन्तानेश्वर महादेवको स्थापना गरिन्छ । अब लामखुट्टे नियन्त्रण गर्न पनि लामखुट्टेश्वर महादेवको स्थापना गरौं’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *