यही सेप्टेम्बर २८ मा ‘ढाँका रन वे ब्राइडल शो’ हुँदै

डिसी नेपाल
२ असोज २०७६ १९:५८

काठमाडौं । बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ।

यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन÷पहिरन तथा डिजाइन देखाउनेपनि आयोजकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ।

काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता जनाउनेपनि आयोजकले जनाएको छ।

उक्त शोमा नायिका, मोडेल तथा गायिका परमीता आर.एल. राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने र अन्य प्रस्तुतिहरु पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाईरेक्टर अजय गुरुङले जानकारी दिए। परमीता आर.एल.राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडरपनि हुन्।

उनका अनुसार उक्त शो जम्मा ५ घण्टा चल्नेछ । शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रर्वद्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्नपनि आयोजकले अपिल गरेको छ । उक्त शोको उद्धघाट्न भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने पनि आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट क्रिएटिभ डाईरेक्टर गुरुङसहित सिईओ रिसत रेमन, प्रवन्ध निर्देशक दीक्षा चौधरी र बजार निर्देशक आशिष श्रेष्ठको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *