जित कुण्डो शुरु

डिसी नेपाल
२ असोज २०७६ २१:३७

काठमाडौं। नेपाल जित कुण्डो मार्शल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबार टोखामा शुरु भएको छ ।

प्रतियोगिताको उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ५ र महिलामा १ गरी ६ तौल समूहमा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव शिवबहादुर थापाले जनाएका छन् ।

प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । दुईदिने प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनल चरणसम्मका खेल सम्पन्न भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *