नेदरल्याण्डका फुटबलरको गोली हानी हत्या

डिसी नेपाल
२ असोज २०७६ २३:०१

एजेन्सी । नेदरल्याण्डमा एक फुटबल खेलाडीको हत्या भएको छ । नेदरल्याण्डको एम्सटर्डममा इंग्ल्याण्डको क्लब बुर्टोन अल्बीओनका पूर्व डिफेन्डर केल्भिन मेनार्डको गोली हानी हत्या भएको हो ।

डच प्रहरीले ३२ वर्षीय मेनार्डलाई स्कुटरको आएको एक समूहले कारभित्र हमला गरेको जनाएको छ । प्रहरीले मेनार्डलाई तत्काल उद्दार गरेर अस्पताल पुर्याएपनि बचाउन नसकिएको जनाएको छ । पछिल्लो समय मेनार्ड डच क्लब अल्फेन्स बोइजबाट खेल्दै आएका थिए ।

उनले बुर्टोन अल्बीओनबाट सन् २०१४ देखि १७ सम्म खेलेका थिए । सन् २०१७ मा भने उनी डच क्लब स्पाकेनबर्ग आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *