श्रीलंकाका बलर अकिला धनन्जयलाई बलिङ गर्न प्रतिबन्ध

डिसी नेपाल
३ असोज २०७६ ६:१२

काठमाडौं । श्रीलंकन बलर अकिला धनन्जयलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहिबार स्पिनर धनन्जयलाई १२ महिनाको प्रतिबन्ध लगाएको हो । धनन्जयको बलिङ एक्सन अनाधिकृत रहेको पाईएपछि प्रतिबन्ध लगाईएको आईसीसीले जनाएको छ ।

गत अगष्टमा न्युजिल्याण्डविरुद्ध भएको टेष्ट क्रिकेट दौरान धनन्जयको बलिङ एक्सनबारे आईसीसीमा रिपोर्ट पुगेको थियो । यसअघि पनि २५ वर्षे धनन्जय बलिङ एक्सनको कारण कारबाहीमा परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *