आर्सनलको सहज जित

डिसी नेपाल
३ असोज २०७६ ८:०७

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलमा जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै प्रतियोगिताको सफल सुरुवात गरेको छ ।

फ्रान्कफर्टको घरेलु मैदानमा ३–० को जित निकाल्दै लण्डन क्लब आर्सनलले प्रतियोगितामा सहज जित दर्ता गराएको हो । एकेडेमीका खेलाडी जो विलोक र बुकायो साकाले गोल गर्दै आर्सनललाई सहज जित दिलाएका हुन् ।

विलोकले ३८ औ मिनेटमा आर्सनललाई सूरुवाती अग्रता दिलाएका थिए । ८५ औ मिनेटका साकाले आर्सनलको अग्रतालाई दोब्बर बनाउने काम गरे । खेल सकिन तीन मिनेट अघि पियरी एम्रिक अबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।

आर्सनलले खेलमा राम्रा गोलका अवसर सिर्जना गरेको थियो । लण्डन क्लबका गोलकिपर एमिलियानो मार्टिनेजले समेत निकै उत्कृष्ट बचाउ गरे । अर्जेन्टिनाका मार्टिनेजले फिलिप किस्टिक र आन्दे्र सिल्भाको उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए ।

७९ औ मिनेटमा फ्रान्कफर्टका डोमिनिक कोहड रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमिति बनेको थियो । समुह एफको पहिलो खेलमा लण्डन क्लबले तीन अंक जोडेको छ । फ्रान्कफर्ट अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *