मेस्सीको प्रतिबन्ध घटाउन अर्जेन्टिनाको अपिल

डिसी नेपाल
३ असोज २०७६ १३:२१

काठमाडौँ । लियोनेल मेस्सीलाई तीन महिना अर्जेन्टिनाबाट फुटबल खेल्न नपाउने गरि लगाइएको प्रतिबन्धको विरुद्धमा अर्जेन्टिनी फुटबल फेडेरेसनले अपिल गरेको छ । दक्षिण अमेरिकी फुटबल फेडेरेसनले मेसीलाई अगस्ट ३ देखि लागु हुने गरि तीन महिनाको प्रतिबन्ध लगाउदै ५० हजार डलर जरिवाना समेत लगाएको थियो ।

मेसीले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्रममा दिएको अभिव्यक्तिका कारण उनलाई सो प्रतिबन्ध लगाइएको थियो । अर्जेन्टिनाले अपिल गर्दै कोपाको सो प्रतिबन्ध २ महिना मात्र लगाउन माग गरेको छ । मेसीले प्रतिबन्धका कारण अर्जेन्टिनाबाट चिली र मेक्सिको विरुद्धको खेल गुमाएका छन् । यद्यपी सो समय उनी घाइते भएका कारण खेल्न भने नसक्ने अवस्थामा थिए ।

मेसीले कोपा आयोजक भ्रष्ट भएको आरोप लगाउदै ब्राजिललाई प्रतियोगिता जिताउन अफिसियल समेत मिलेको आरोप लगाएका थिए । तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा रातो कार्ड पाएपछि मेसीले सो आरोप लगाएका थिए । मेसीको प्रतिबन्ध अनुसार नोभेम्बर ३ सम्म खेल्न नपाउने हुदा उनले अझै जर्मनी र इक्वेडरविरुद्धको अक्टोबर ९ र १३ मा हुने खेल गुमाउने छन् । अर्जेन्टिनी कोच लियोनेल स्कालोनीले मेसीको प्रतिबन्ध कम भएमा जर्मनी र इक्वेडरविरुद्ध मेसीलाई खेलाउने मनसायले अपिल गरेका हुन् ।

मेसीले कोपको तेस्रो स्थानको चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण मेसीमाथि एक खेलको प्रतिबन्ध पहिलादेखि नै रहेकाले एक विश्वकप छनौटको खेल समेत गुमाउने छन् । बार्सिलोनाको आफ्नो क्यारियरमा कहिल्लै प्रतिबन्धमा र रातो कार्ड समेत नपाएका मेसी अर्जेन्टिनाको खेलमा भने पटक पटक रातो कार्ड पाएका छन् । अर्जेन्टिनाका लागि डेभ्यु खेलमा हंगेरीविरुद्ध नै मेसीले रातो कार्ड पाएका थिए । लामो इन्जुरीपछि मेसी बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा डोर्टमण्डविरुद्ध दोस्रो हाफमा मैदानमा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *