‘रोनाल्डो र मेस्सीको दबदबा अब समाप्त हुन्छ’

डिसी नेपाल
३ असोज २०७६ १४:१८

काठमाडौं। विश्व फुटबलमा रहँदै आएको क्रिष्टियानो रोनाल्डो र लियोनेल मेस्सीको दबदबा चाँडै नै अन्त्य हुने बार्सिलोनाका पूर्व स्टार खेलाडी जाभी हर्नान्डेजले बताएका छन् । रोनाल्डो र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको उनले बताए । तर अब चाँडै नै उनीहरुको दबदबा सकिने र नयाँ स्टारहरुको उदय हुने उनको भनाई छ ।

मेस्सी र रोनाल्डो पछिल्लो एक दशक भन्दा लामो समयदेखि विश्व फुटबलमा राज गरेका खेलाडी हुन् । उनीहरुले व्यक्तिगत अवार्डसँगै आफू सम्वद्ध क्लबहरुलाई विविध उपाधि दिलाएका छन् । विभिन्न कीर्तिमान बनाएका रोनाल्डो र मेस्सीलाई फुटबलमा सबैभन्दा कडा प्रतिस्पर्धीका रुपमा लिइन्छ । दुवै खेलाडी ३० वर्ष पार गरिसकेका भए पनि चाँडै नै सन्यास लिने संकेत दुवैले गरेका छैनन् । रोनाल्डो ३४ तथा मेस्सी ३२ वर्षका भए ।

तर जाभी भने अब रोनाल्डो र मेस्सीको समय अधिक नरहेको ठान्छन् । रोनाल्डो र मेस्सीको स्थान लिन सक्ने क्षमता भएका खेलाडीमा म्यानचेस्टर सिटीका रहीम स्ट्रर्लिङ्ग देखिएको उनले बताए । यस्तै लिभरपुलका मोहम्मद सालह तथा पिएसजीका केलियन एमाबाप्पेमा पनि त्यो क्षमता रहेको उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *