फ्रान्सका जिदानले नरुचाएका नाभास फ्रान्समै गएर हिरो बने

डिसी नेपाल
३ असोज २०७६ १४:५३

काठमाडौं। रियल मड्रिडबाट गएको सिजनको अन्त्यमा पीएसजी आएका केलर नाभासले पीएसजी र पीएसजीका समर्थकको मन छोटो समयमा नै जित्न सफल भएका छन् । रोचक त के भने कुनै बेला फ्रान्सका सुपरस्टार रहेका र १९९८ मा फ्रान्सलाई विश्वकप जिताएका अहिलेका रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले नरुचाएपछि नाभासले रियल छाड्नुपरेको थियो । त्यसपछि नाभासले फ्रान्समै गएर लोकप्रियता कमाए ।

पहिलो खेल स्ट्रास्बोर्गसँग खेलेका नाभासले दोस्रो खेल आफ्नो पूर्व क्लब रियल मड्रिडविरुद्ध खेलेका हुन् । रियल मड्रिविरुद्धको खेलपछि पीएसजीका समर्थकहरुले उनको तारिफ गरेका छन् । नाभासको दुई खेलको प्रस्तुतिले गर्दा उनी पीएसजीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने देखिएको छ । पीएसजीका गोलकिपरहरुमध्ये अल्फोन्स एरिओलाले पीएसजीमा रहेर चर्चा बटुल्न सके ।

अर्का भरपर्दो गोलकिपर बुफनले पीएसजीका समर्थकहरुको मन जित्न सफल भएका थिए । तर अर्का गोलकिपर केभिन ट्यापले भने पीएसजीमा आफूलाई स्थापित गर्न सकेनन् । प्रशिक्षक ट्युचेलले रियलविरुद्धको नाभासको खेलपछि पीएसजीले भरपर्दा गोलकिपर अनुबन्धित गरेको प्रतिक्रिया दिएका थिए । नाभासले पनि आफू पीएसजीमा आएर खुशी भएको बताएका थिए ।

‘मलाई पीडा भएको थिएन तर मैले गत सिजनमा बोकेको भारी बिसाउन चाहन्थे’, नाभासले भने । ‘यसअघि मैले हरेक खेलमा राम्रो प्रदर्शन गर्न खोजिरहेको हुन्थे । त्यो कुरा सबैलाई थाहा छ । तर मैले सोचेजस्तो मौका पाएको थिएन’, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *