‘विराट कोहलीको आफ्नो क्षमताले होइन यी दुई खेलाडीले कप्तानी धानिदिएका छन्’

डिसी नेपाल
३ असोज २०७६ १५:४०

एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्व ओपनर तथा सांसद गौतम गम्भीरले विराट कोहलीको कप्तानीमा सफलताको पछाडि अन्य २ खेलाडीको हात भएको बताएका छन् । गम्भीरका अनुसार पूर्वकप्तान महेन्द्र सिंह धोनी र अहिलेका उपकप्तान रोहित शर्माका कारण कोहलीले भारतीय टिमको कप्तानी गर्न सकिरहेका छन् ।

समाचार एजेन्सी एएनआइलाई दिएको अन्तरवार्तामा गम्भीरले भने ‘कोहलीले विश्वकपमा निकै राम्रो कप्तानी गरे, तर उनलाई लामो बाटो तय गर्नु छ । कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा यति राम्रो कप्तानी यसकारण गर्न सकिरहेका छन् किनकि उनको टिममा एमएस धोनी र रोहित शर्माजस्ता खेलाडी छन् ।’

गम्भीरका अनुसार कोहली अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याटमा उत्कृष्ट ब्याट्सम्यान हुन् र भारतका सबैभन्दा सफल कप्तान हुन् । तर आइपिएलमा उनले कप्तानको रुपमा कुनै सफलता हासिल गर्न सकेका छैनन् । धोनीलाई भारतका महान कप्तानमध्ये एक मानिन्छ जसले टिमलाई २ विश्वकप दिलाएका छन् । रोहित फ्रेन्चाइज कप्तानको रुपमा निकै सफल रहेका छन् र मुम्बइ इण्डियन्सलाई ४ पटक आइपिएलको उपाधि दिलाइसकेका छन् ।

गम्भीरले अगाडि भने ‘चेन्नई सुपर किंग्सको लागि धोनीले जे हासिल गरे त्यो रोहित शर्माले मुम्बइ इण्डियन्सको लागि गरे । तर तपाइँ यही कुरा रोयल च्यालेन्जर्स बैंगलोरसँग तुलना गर्नुहुन्छ भने नतिजा तपाइँको अगाडि छ ।’ गम्भीर आफैंले पनि कोलकाता नाइटराइडर्सको कप्तानको रुपमा २ आइपिएल उपाधि जितेका छन् । पछि दिल्लीमा पुगेका गम्भीर त्यहाँ भने राम्रो प्रदर्शन गर्न नसकेपछि बेन्चमा परेका थिए । पछि उनले सन्यास लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *