एक दशकपछि तोकिएकै मितिमा पाकिस्तानको भ्रमणमा जाँदै श्रीलंकाको टोली

डिसी नेपाल
४ असोज २०७६ ६:०४

एजेन्सी । श्रीलंकाले पाकिस्तानमा गर्ने भनिएको क्रिकेट टुर यसअघिको तालिका अनुसार नै हुने भएको छ । पाकिस्तानमा क्रिकेट सिरीज तय भइसकेको अवस्थामा सुरक्षाका कारण श्रीलंका क्रिकेट बोर्डले अन्योल खडा गरेको थियो । तर पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रपतिलाई दिने सुरक्षा दिने बताएपछि श्रीलंका टिम जाने भएको हो ।

क्रिकइन्फोका अनुसार पाकिस्तानको हाई कमिश्नरले सरकारको तर्फबाट सबै सुरक्षाको जिम्मा लिने बताएपछि श्रीलंका टिमले यसअघि तय भएको मितीमा पाकिस्तान जाने भएको हो । श्रीलंका टिमका लागि पाकिस्तानले हेड अफ स्टेटलाई दिने सुरक्षा दिनेछ ।

गत साता श्रीलंकाको सरकारले नै सुरक्षाका विषयमा लिएर अन्योल खडा गरेको थियो । त्यसपछि श्रीलंकन क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट बोर्डसँग फेरी सुरक्षाका विषयमा वारेन्टी मागेपछि यो टुर संभव हुने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले सरकारसँगको छलफलपछि श्रीलंकन क्रिकेट बोर्डलाई जवाफ पठाएको थिो । अब श्रीलंकन क्रिकेट टिमको सुरक्षाको जिम्मा बोर्डले भन्दापनि सरकारले नै लिएको छ ।

श्रीलंकन क्रिकेट टिममाथि आक्रमण भएपछि पाकिस्तानमा आइसीसीले कुनैपनि क्रिकेट सिरीज गर्न स्विकार गरेको थिएन । यसपटक लामोसमय पछि पाकिस्तानमा श्रीलंकाले एकदिवसिय र टी–२० सिरीज खेल्नेछ ।

सुरक्षाका कारण श्रीलंकाले यो सिरीजलाई तथष्ट मैदानमा गराउने की भन्ने प्रस्तावपनि गरेको थियो । जसलाई पाकिस्तान क्रिकेट बोर्डले अस्विकार गरेको थियो । श्रीलंकन टिम करिव एक दशकपछि पाकिस्तान भ्रमणमा जाने निश्चित भएको छ । जसमा कराँचीमा एकदिवसिय र लाहोरमा टी–२० सिरीज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *