वर्नेमाउथको सहज जित, प्रिमियर लिगको शीर्ष तीनमा उक्लियो

डिसी नेपाल
४ असोज २०७६ ६:४१

एजेन्सी । वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ प्रिमियर लिगको शीर्ष तीनमा उक्लिन सफल देखिएको हो ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । पाहुना टोलीका लागि ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउने काम गरेका थिए । कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए ।

वर्नेमाउथले कुनैपनि प्रतियोगितामा साउथह्याम्टनमाथि पहिलो जित निकाल्दै प्रिमियर लिगको तालिकामा छलाङ मार्न सफल रह्यो । वर्नेमाउथ ६ खेलबाट १० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लियो । साउथह्याम्टन ७ अंक सहित ११ औ स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *