चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने नेपाल भ्रमणमा आउने पक्का

डिसी नेपाल
४ असोज २०७६ ७:३८

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता २ दिने नेपाल भ्रमणमा आउने पक्का भएको छ। राष्ट्रपति सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको र अब एक दुई दिनमै दुई मुलुकको समझदारीमा मिति सार्वजनिक गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको र भारत भ्रमण रद्ध भए सी असोज २५ मै नेपाल आउने छन्। राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ।

पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *