बार्बाडोसको सहज जित, सन्दिपको एक विकेट

डिसी नेपाल
४ असोज २०७६ ८:५३

काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्रिडेन्टले लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया जुक्स १४ दशमलव ५ ओभरमा १ सय १ रनमा समेटियो । लुसियाका लागि कोलिन डी ग्रान्डहोमले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

निकै कसिलो बलिङ गरेका सन्दीपले एक विकेट लिए । उनले ३ ओभर ५ बल बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका हुन् । ग्रोस आइस्लेटमा सुरुवाती ब्याटिङ गरेको बार्बाडोस ट्रिडेन्टले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

जस्टिन ग्रिव्सले सर्वाधिक ५७ रन बनाएका थिए । जोनाथन कार्टरले ३० र जोनसन चार्लिसले २८ रन बनाएका थिए । जुक्सका केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिएका थिए । यो जितसँगै बार्बाडोसले ४ खेलमा दोस्रो जित हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *