ड्रोन आक्रमणमा १८ सर्वसाधारणको ज्यान गयो

डिसी नेपाल
४ असोज २०७६ १०:२०

जलालाबाद ।  अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *