पानीभित्र गर्लफ्रेण्डलाई प्रपोज गर्न खोज्दा…
काठमाडौं। पानीभित्र गर्लफ्रेण्डलाई प्रपोज गर्ने एक ब्वाइफ्रेण्डको डुबेर मृत्यु भएको छ । अमेरिकाको लुइजियानाका यी जोडी तान्जानियामा विदा मनाउन गएका थिए । यही क्रममा दुर्घटना भएको हो । गर्लफ्रेण्ड केनेशा एन्टोइनले फेसबुकमा घटनाबारे लेख्दै भिडियो शेयर गरेकी छिन् ।
केनेशाले लेखिन् ‘ब्वाइफ्रेण्ड स्टिभल बीबरले पानीभित्र मलाई बिहेको प्रस्ताव गरेका थिए । स्टिभनको सुन्दर मनको बयान गर्नको लागि मसँग पर्याप्त शब्द छैनन् ।’ उनले स्टिभनको बारेमा अगाडि लेखिन् ‘तिमी गहिरो पानीबाट कहिल्यै बापिहर आएनौ । तिमीले बिहेको प्रस्तावमा मेरो जवाफ पनि सुनेनौ । हुन्छ, हुन्छ, लाखौं पटक, हुन्छ म तिमीसँग बिहे गर्छु ।’
केनेशाले शेयर गरेको भिडियोमा देखिन्छ कि उनका ब्वाइफ्रेण्ड पानीभित्र उनलाई एउटा पाना देखाउँछन् । पानामा हातले लेखिएको छ । स्टिभनले पानामा विवाहको प्रस्ताव लेखेका थिए । स्टिभन केनेशाको लागि पानीभित्र एउटा औंठी पनि लिएर गएका थिए । उनले पानीभित्रै औंठी पनि देखाउने कोसिस गरे ।
Facebook Comment