चिनियाँ पत्रकारले प्रेस पास लिन सी जिनपिङबारे अध्ययन गर्नुपर्ने

डिसी नेपाल
४ असोज २०७६ १६:१०

बेइजिङ् (एजेन्सी) । चिनियाँ पत्रकारहरुले राष्ट्रपति सी जिनपिङको विचारधाराका बारेमा एउटा परीक्षा पास गर्नुपर्ने भएको छ । चिनियाँ पत्रकारले राष्ट्रपति सीको समाजवादी विचारधाराका बारेमा आफ्नो पोजिसन के हो भन्ने कुराको परीक्षा पास गर्नुपर्ने छ ।

गएको महिना चिनियाँ सञ्चारमाध्यमलाई नियमन गर्ने संस्थाले राज्यका दर्जनभन्दा बढी समाचार संगठनलाई बेइजिङमा सूचना पठाएको थियो । यसले कर्मचारीहरुलाई ‘स्टडी सी’ प्रोपोगाण्डा एप सम्बन्धमा एक परीक्षाका लागि तयार गर्न निर्देश दिन्छ । यो एप यस वर्षको सुरुवातमा लञ्च गरिएको थियो । पत्रकारहरुको प्रेस दस्तावेज नवीकरण गर्न यो परीक्षा उत्तीर्ण गर्नु जरुरी हुनेछ।

यो नियमन चाँडै नै देशभरिका चिनियाँ पत्रकारहरुमा लागू हुने धेरैले विश्वास गरेका छन् । बेइजिङ बाहिरका रहेका दुई पत्रकारहरुले उनीहरुको प्रकाशन गृहले पनि एप पञ्जीकरण गर्न सूचना पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियने उल्लेख गरेको छ।

चीनको सञ्चारमाध्यम नियामक संस्था मिडिया रिफर्मका अनुसार पत्रकारहरुलाई लिइने परीक्षा त्यति कठिन हुनेछैन । सम्पादकहरुले आफ्ना संवाददाताहरुलाई पठाएको सन्देशमा समाचार संगठनलाई अध्ययन समूह स्थापना गर्न र परीक्षाका लागि तयारी गर्न भनिएको छ ।

परीक्षा एक पटक मात्र लिन सकिने जनाइएको छ । पत्रकारहरुले आफ्नो प्रेस कार्ड हरेक पटक नवीकरण गर्नु पर्ने हो वा ५६ वर्षको अन्तरालमा नवीकरण गर्नुपर्ने हो, यकिन नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *