चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छः खनाल

डिसी नेपाल
४ असोज २०७६ १७:५५

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् ।

शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा बोल्दै खनालले ७/८ बर्षमा अमेरीकालाई पनि उछिन्ने धारणा राखे ।

खनालले लामो संघर्ष पश्चातको ४० वर्षको छोटो समयमै चीन महाशक्ति राष्ट्रको दर्जामा उभिन सक्नु संसारका कम्युनिष्ट तथा समाजवादी देशहरुको लागि उदाहरणीय भएको धारणा राखे ।

पुस्तकका लेखक भण्डारीले नेपालको वर्तमान सामाजिक तथा सांस्कृतिक विकृति तथा विसंगतिका विरुद्धमा पुस्तकमार्फत खरो उत्रेकोप्रति धन्यवाद दिए । उनले १९६६ देखि ०७६सम्मको चिनियाँ सांस्कृतिक क्रान्तिलाई उग्रबामपन्थी भड्काववादी आन्दोलनको संज्ञा दिदै उनले भने, “समाज रुपान्तरण विस्तारै हुन्छ, कतिपयले चीनको वर्तमान विकासको अधारलाईसमेत प्रतिक्रान्तिको नजरले हेर्छन्,जुन गलत हो ।”

नेता खनालले नेपलमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेको र अब देश समाजवादी बाटो तिर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्दै भने, “समाजवाद तिर अघि बढन नीति, सिद्धान्त र ब्यवहारले हाम्रो पार्टी प्रष्ट हुनुपर्छ ।”

खनालले नेपाली समाजलाई दलाल पुँजीवादले जकडाएको र यो सरकारको मूल चुनौती भएको धारणा राख्दै, दुर्इ तिहाइको कम्युनिष्ट सत्तालाई पनि कर्मचारी तन्त्र र प्रशासनले नर्टेनु दुःखत भएको धारणा राखे ।

उनले लेखकलाई गुणष्तरीय पुस्तक लेख्न सफल भएकोमा बधाई तथा धन्यवाद दिदै, राजनीतिक र आर्थिक विकास नै सांस्कृतिक विकासको आधार रहेकोले सबैले यी पुस्तक पढ्न अपिल गरे ।

साहित्यकार तथा लेखक भानु भण्डारीले सांस्कृतिक रुपान्तरण भन्दा पनि समाजको आमुल परिवर्तन आजको आवाश्कता भएको बताए । लेखक भण्डारीले समाजको परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नु पर्ने धारणा राखे ।

नेकपा नेता तथा सांस्कृतिक विभाग प्रमुख मणि थापाले लेखकप्रति इगिंत गर्दै भने, “भण्डारी जीले वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गर्दै पुस्तक लेख्नु भएको छ, त्यो राम्रो कुरा हो र उहाँलाई धेरै धन्यवाद ।”, पुस्तकले बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि गुम्नसक्ने खतराप्रति सतर्क गराउन खोजेको भन्दै लेखकप्रति हर्ष व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *