दशैं मनाउन घर फर्किन लागेको नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशनः सरकार विरुद्धका भ्रम चिर्नुहोला

डिसी नेपाल
४ असोज २०७६ १८:१८

काठमाडौं। सोह्र श्राद्ध जारी रहे पनि राजधानी काठमाडौंमा दशैंले छोइसकेको छ। गुणस्तर तथा नापतौल विभाग दशैं केन्द्रित बजार अनुमगनमा लागेको छ। दशैं केन्द्रित विभिन्न व्यापारिक मेलाहरु चलिरहेका छन्।

घरमा दशैं नभित्रिए पनि बजारमा भने दशैं लागि सकेको छ। संसदको अधिवेशन सकिए पनि सांसदहरु पनि फुर्सदमा छन्। उनीहरु जिल्ला फर्किने तयारीमा रहेको बेला शनिबार सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक गरेको छ। दशैंका लागि आ आफ्नो घर फर्किन लागेका सांसदहरुलाई सरकारको सन्देश जनतालाई सुनाउन भन्दै नेकपाले शनिबार संसदीय दलको बैठक राखेको थियो।

बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता कपी ओलीले घर फर्किन लागेको सांसदहरुलाई लामै निर्देशन दिएका छन्। सरकारका राम्रा कामको प्रचार जनताको घर दैलोमै पुर्याउन उनले सांसदहरुलाई निर्देशन दिए। सरकारले गरेको विभिन्न कामकोहरुको सविस्तार वर्णन गर्दै प्रधानमन्त्री ओलीले सरकारका कामबारे जनतालाई जानकार गराउनु सांसदहरुको दशैं गृहकार्य रहेको बताए।

यतिमात्र होइन विपक्षीहरुमाथि पनि कडारुपमा प्रस्तुत हुन हुने निर्देशन दिएका छन्। बैठकमा सहभागी एक नेकपा सांसदले भने, ‘यो सरकारलाई मन नपराउनेहरु हात धोएर विरोधमा लागेका छन्, त्यो भ्रम चिर्नु होला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *