बंगलादेशको विजयी सुरुवात

डिसी नेपाल
४ असोज २०७६ २३:०८

काठमाडौं । बंगलादेशले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो ।

हलचोकस्थित एपीएफको मैदान बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । खेलको पहिलो मिनेटमा तानबिर हुसेनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा फाहिम मोर्सेदले गोल गर्दै बंगलादेशलाई २–० को अवस्थामा पुर्याए।

त्यसपछि खेलको ८६ औं मिनेटमा फैसल अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । जितसँगै समूह बी को बंगलादेशले पहिलो खेलमा ३ अंक जोडेको छ । र, सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

श्रीलंकाले भने हारबाट सुरुवात गरेको छ । यस समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ । समूहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् । प्रतियोगिता अन्तर्गत आइतबार नेपालले भुटानको सामना गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *