चितवनमा ‘मिस्टर एण्ड मिस स्टार चितवन २०१९’ को प्रथम अडिशन सम्पन्न

डिसी नेपाल
४ असोज २०७६ २३:२८

काठमाडौं । मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन आज चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ४१ जना प्रतिशप्रधी सहभागी थिए भने प्रमुख जर्जको रुपमा मीना झा हुनुहुन्थ्यो एवं अन्य दुइ जर्जमा रबि अधिकारी र मौसुमी दत्त रहेका थिए।

यस इभेन्टका जर्ज मिना झा ईभेन्ट अर्गनाईजर तथा इभेन्ट प्लानर हुन भने रबि अधिकारी पत्रकार एवं चलचित्र निर्माता हुन् र मौसुमी दत्त टे«नर एवं शिक्षिका हुन।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखि ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए। सहभागी प्रतिस्पध्रीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ड प्रस्तुत गरेका थिए।

यस कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।

नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बनाउने आयोजक संस्थाको दावी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *