‘भद्रगोल’ अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस

डिसी नेपाल
५ असोज २०७६ ७:४९

काठमाडौं। सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको आरोप लगाउने कांग्रेसले सरकारलाई लोकतान्त्रिक बाटोमा हिँडाउने दबाव दिनुको साटो आन्तरिक कलहमा रुमल्लिएको छ। आन्तरिक विवाद कै कारण कांग्रेसले विभाग र अन्य निकायलाई पूर्णता दिन सकेको छैन।

कांग्रेससँग निश्चित एजेण्डा नहुँदा ‘भाइरल’ विषयलाई बेला बेलामा उठाउँदै आएको छ। आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसले १३ महाधिवेशन भएको चार वर्ष पूरा हुन लाग्दासमेत सबै विभाग र निकायलाई पूर्णता दिन सकेको छैन। महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग र निकायले पूर्णता पाइसक्नुपर्ने थियो।

कांग्रेसभित्र झागिँदै गरेको गुट कारण विभाग र निकायले पूर्णता पाउन सकेका छैनन् भने सबै जसो भातृ संगठन पनि नेतृत्वविहीन भएका छन्।
महाधिवेशन भएको साढे तीन वर्ष बितिसकेकाले अब विभागहरु गठन गर्नुभन्दा १४ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने पक्षमा असन्तुष्ट खेमा छ । तर, संस्थापन पक्ष बाँकी समयका लागि भए पनि विभागहरु गठनको पक्षमा छ।

सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको आरोप लगाउने कांग्रेसले सरकारलाई लोकतान्त्रिक बाटोमा हिँडाउने दबाव दिनुको साटो आन्तरिक कलहमा रुमल्लिएको छ। आन्तरिक विवाद कै कारण कांग्रेसले विभाग र अन्य निकायलाई पूर्णता दिन सकेको छैन।

कांग्रेसको १३ औं महाधिवेशन भएको फागुनमा चार वर्ष पूरा हुँदैछ। महाधिवेशन भएको चार वर्ष पूरा हुन लाग्दासमेत विभाग, निकायले पूर्णता पाउन सकेको छैन भने भाृत संगठनसमेत विवादको भूमरीमा फसेका छन्।

कांग्रेसको सशक्त मानिएको तरुण दल विवादको भूमरीमा फेसेको छ। अध्यक्ष जीतजंग बस्नेतले पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै संठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएका थिए। लगत्तै महासचिव शाहीले पनि अर्काे विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गरेका थिए।

मातृ पार्टी कांग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भ्रातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । काङ्ग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन।

अर्काे प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा छ । सङ्घको ११औँ महाधिवेशनबाट निर्वा्िचत अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महीनादेखि केन्द्रीय समिति रिक्त छ । सङ्घको ११औँ महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो । अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिएका थिए ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको सङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरिसकेका छन् । सङ्घको पहिलो अध्यक्ष विपिन कोइराला रहेका थिए । त्यसयता शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउँद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जीत कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् ।

काङ्ग्रेसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आगामी असोज पहिलो साताभित्र नेविसङ्घ केन्द्रीय समिति गठन भइसक्ने जानकारी दिए ।

काङ्ग्रेसमा हाल नेपाल महिला सङ्घ, नेपाल तरूण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, मुस्लिम सङ्घ नेपाल, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन् । त्यसमध्ये नेवि सङ्घ, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी काङ्ग्रेसका नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल सांस्कृतिक सङ्घ, नेपाल गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएशन नेपाल गरी १८ शुभेच्छुक संस्था छन् ।

त्यसमध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ र नेवाः खल गरी छ शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

यसैगरी काङ्ग्रेसका हाल अष्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाऊ, मलेसिया, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, सउदी अरेबिया, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकालगायत ३५ मुलुकमा जनसम्पर्क समिति छन् ।

त्यसमध्ये हाल १८ जनसम्पर्क समितिको समयमै महाधिवेशन हुन नसकेर केन्द्रीय समितिको कार्यकाल समाप्त भइसकेको छ । पार्टीको भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका जनसम्पर्क समितिलाई पनि छ महीनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको छ । संस्थापक नेता वीपी कोइरालाको १०६औं जयन्तीको अवसर पारेर कांग्रेसले मंगलबार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान प्रारम्भ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *